सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले अभिनयबाट दूरी बनाएको लामै समय भइसकेको छ । लिड रोलमा अफर आउन छाडेपछि उनले फिल्म गर्न पनि छाडेकी छन् । आमा र दिदीको रोलहरु अफर भइरहे पनि उनले रिजेक्ट गर्ने गरेको चर्चा सिनेवृतमा छ । अहिले उनी अध्ययन र राजनीतिमा बढी व्यस्त छिन् । यस वर्ष उनी एसइइ परिक्षा दिँदैछिन् ।
.jpg)
.jpg)
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध उनको पछिल्लो रिलिज फिल्म फिल्म ‘हिरोज्’ हो, जुन यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको थियो । तर, यो फिल्म २/३ वर्ष अगाडि निर्माण भएको थियो । यो फिल्मपछि उनलाई दर्शकले काँचको पर्दामा हेर्न पाएका छैनन् । फिल्म ‘फागु’ फ्लप भएपछि उनले अर्को फिल्म निर्माण गर्ने आँट पनि जुटाउन सकेकी छैनन् ।
उनी अब आफू नभएर छोरी कवितालाई हिरोइन बनाउने दौडधुपमा छिन् । अभिनेता शिव श्रेष्ठले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट कविताले डेब्यू गरेको भएता पनि यो फिल्म छायांकन पूरा नहुँदै अड्किएको छ । अब बन्छ कि बन्दैन ? पत्तोपत्तो छैन । खबरअनुसार, करिश्मा अब आफ्नै होम प्रोडक्सनको फिल्मबाट छोरीलाई लञ्च गर्ने तयारीमा छिन् ।
अभिनयबाट दूरी बनाएको लामो समय भए पनि करिश्माले आइतबार सार्वजनिक भएको फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । सुरुमा यो गीतबाट अफर आउँदा उनले गर्ने मुड बनाएकी थिइनन् । किनकि, ३/४ वर्षदेखि उनले आफूलाई मेन्टेन गरेकी थिइन् । तर, गीत सुनेपछि हिट हुने लागेर आफू काम गर्न राजी भएको उनी बताउँछिन् ।
.jpg)
.jpg)
‘३/४ वर्षदेखि मैले आफूलाई मेन्टेन गरिराखेको थिइनँ । त्यसैले राम्रो देखिन्छु भन्ने लागेकै थिएनँ । तर, एकपटक गीत चाहिँ सुनौंन भनेँ । गीत सुनेपछि लाग्यो यो गीत त हिट हुन्छ । जस्तो देखिए पनि एक सटमा भए पनि देखिनै पर्छ भनेर मैले ‘हुन्छ’ भनेँ’, उनले भनिन् । उनको कुराले गीत हिट भए आफू पनि हिट हुने लोभ पलाएको बुझाउँछ ।

