Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमिताभ-तापसीको ‘बदला’ हिट

एजेन्सी, मुम्बई, 2019/03/18
 
बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री तापसी पन्नूले फिल्म ‘पिंक’ पछि एकपटक फेरि बक्सअफिसमा कमाल गरेका छन् । यो जोडीको सस्पेन्स थ्रिलरमा आधारित नयाँ फिल्म ‘बदला’ लाई दर्शकले निकै रुचाएका छन् । डायरेक्टर सुजोय घोषले यसको निर्देशन गरेका हुन् । यसअघि उनले फिल्म ‘कहानी’ बनाएका थिए ।
 
‘बदला’ कोे बक्सअफिस कलेक्सन हेर्ने हो भने अहिलेसम्म भारतीय बजारमा मात्र फिल्मले दोस्रो हप्ताको आइतबारसम्म ५६ करोड ७० लाख कमाई गरिसकेको छ । फिल्म क्रिटिक्स तरण आदर्शले ट्विटमार्फत् यो फिल्मलाई ‘हिट’ भनेका छन् । फिल्मको हालसम्म वर्ल्डवाइड कलेक्सन ६६ करोड ९० लाख छ । 
 
‘बदला’ स्पेनिस फिल्म ‘कन्ट्राटिएम्पो’ बाट प्रभावित भएर बनेको हो । ३० करोडको लागतमा बनेको फिल्म भारतमा २ हजार २ सय बढी स्क्रिनमा एकसाथ रिलिज भएको थियो । अक्षय कुमारको ‘केसरी’ २१ मार्चमा रिलिज हुने भएका कारण तबसम्म उक्त फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान फिल्म पण्डितहरुको छ । 
 
यो फिल्म शाहरुख खानको कम्पनी रेड चिल्लिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । मुख्यतः दुई चरित्र नैना सेठी (तापसी पन्नू) र बादल गुप्ता (अमिताभ बच्चन) को वरिपरि फिल्मको मूलकथा घुमेको छ । नैनालाई प्रेमी अर्जुन (टोनी ल्यूक) को हत्याको आरोप लागेको हुन्छ र उनको मुद्धा अमिताभले लड्छन् । 
Most Visited News (monthly)