Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दया र रेखाको ‘नीरफूल’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/03/18
 
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । पत्रकार फूलमान वल निर्देशित यो फिल्म आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने वितरक मनोज राठीले जानकारी दिए । यसमा भूकम्पले बिछोडिएका एक परिवारको प्रेमकथा भनिएको छ । 
 
एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा अभिनेत्री रेखा थापा अतिथी भूमिकामा छिन् । शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । 
 
एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण फिल्म प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन्  । फिल्ममा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान बताउँछन् । 
 
फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको यसमा अर्जुन पोखरेलको संगीत छ । फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । 
 
नोटः यसअघि ‘नीरफूल’ को रिलिज डेट बैशाख २७ भएकोमा सच्याइएको छ । 
Most Visited News (monthly)