Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘कृ’ निर्माताद्वारा एम्बुलेन्स हस्तान्तरण

फिल्मीखबर, काठमाण्डौ, 2019/03/18
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘पर्व’ र गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ निर्माण गरेका निर्माता सुबास गिरीले आइतबार आफ्नो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्सको मुल्य १० लाख बराबरको रहेको बताइएको छ । 
 
 
फिल्म निर्माणसँगै विभिन्न व्यवसायमा पनि आबद्ध गिरीले आफ्नो जन्मदिनको अवसरमा ‘सुवास फाउन्डेसन’ को शुभारम्भ गरेको पनि घोेषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफूले कमाएको १० प्रतिशत अब फाउन्डेसनमा जम्मा गर्ने र आफ्नो जन्मथलोका जनताको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने जानकारी दिए । 
 
केही दिन अगाडि मात्र उनले आफू अध्यक्ष रहेको संस्था सुवास ह्युमन रिसोर्सेजको पहलमा मलेसियामा मृत्यु भएका एक नेपालीको परिवारलाई ६ लाखभन्दा बढी रकम सहयोग गरेका थिए । फिल्म निर्माणसँगै सामाजिक कार्यमा पनि सक्रिय उनले फिल्म 'कृ' पछि भने कुनै फिल्म निर्माण गरेका छैनन् । चाँडै नयाँ फिल्म घोषणा गर्ने तयारीमा उनी छन् । 
 
उनले गत वर्ष अभिनेता प्रदीप खड्कालाई ५ लाख साइनिङ एमाउन्ट दिएर फिल्म 'भैरबी' बनाउने घोषणा गरेका थिए । फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने कन्फर्म भएको थियो । तर, यो प्रोजेक्ट तत्काल नबन्ने भएको छ । सुबासले अनमोल केसीलाई नै लिएर 'कृ २' बनाउने समेत बताएका थिए । सम्भवतः अब उनको नयाँ फिल्म यही हुनेछ । 
Most Visited News (monthly)