Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

करिश्मा र साराको पिरिममा निश्चल (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2019/03/17
बैशाख २७ गते बलिउड फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ प्रदर्शनमा आउने भएपछि एक हप्ता पछाडि सरेर जेठ ३ मा पुगेको मल्टिस्टारर फिल्म ‘जात्रै जात्रा’ को पहिलो गीत युट्युब रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गर्‍यो । गीतको भिडियोमा कलाकारहरुको लस्कर छ । 
 
 
 
 
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अभिनेत्री द्वय करिश्मा मानन्धर र सारा शिर्पालीसँग ठुम्का लगाएका छन् । फिल्ममा उनीहरु यो गीतमा मात्र देखिनेछन् । बिहेको परिवेशमा गीत खिचिएको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा र रबिन्द्र सिंह बनियाँ पनि फिचर्ड छन् । निशान भट्टराई र मनिषा पोखरेलको गीतमा स्वर छ । 
 
कृष्ण भारद्वाजको संगीत रहेको गीतका रचनाकार लेखु सहयात्री हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मका निर्माता मध्येका एक रबिन्द्र सिंह बनियाँले गीत बेच्नकै लागि निश्चललाई लिइएको धक नमानि बताए । निश्चल भने गीत राम्रो लागेर काम गरेको बताउँछन् । करिश्मा र साराले पनि उनकै कुरा सापटी लिए । 
 
 
 
 
 
‘जात्रै जात्रा’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यो फिल्मको पहिलो पार्ट पनि उनैले निर्देशन गरेका थिए । उनी निर्देशित दोस्रो फिल्म 'शत्रु गते' हो । दुई फिल्म लगातार सुपरहिट दिएका उनले ‘जात्रै जात्रा’ लाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताए । फिल्मको निर्मातामा सिंगे लामा र योगेश्वर पौडेल रहेका छन् । यसको कथा निर्देशक भट्टराईकै हो । 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)