Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कन्फर्मः जेठ ३ मा ‘जात्रै जात्रा’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/17
 
अन्ततः गत वर्षको प्रतिक्षीत फिल्ममध्येको एक ‘जात्रै जात्रा’ घोषित मितिभन्दा एक हप्ता पछाडि सरेको छ । फागुन १७ मा फिल्म ‘क्याप्टेन’ सँग एकसाथ प्रदर्शनमा आउने निश्चित भए पनि छायांकन पूरा नभएपछि केही दिन अगाडि मात्र बैशाख २७ लाई फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको थियो । अब यो डेटमा पनि फिल्म नआउने भएको छ । 
 
उक्त मितिमा बलिउडको प्रतिक्षीत फिल्म ‘स्टुडेन्ट अफ दि इयर २’ आउन लागेका कारण एक हप्ता पनि नपुग्दै ‘जात्रै जात्रा’ ले आफ्नो प्रदर्शन मिति सारेको हो । अब यो फिल्म पूर्वघोषित मितिभन्दा एक हप्ता पछाडि प्रदर्शनमा आउने छ । अर्थात् जेठ ३ गतेलाई फिल्मको नयाँ रिलिज क्यालेन्डर रोजिएको छ । उक्त डेट राखेर निर्माण टिमले आइतवार पहिलो गीत सार्वजनिक गर्दैछ । 
यो फिल्मलाई हप्ता दिन पछाडि सर्दा पनि बक्सअफिसमा सहज भने हुनेछैन । किनकि, जेठ ३ मा अर्को प्रतिक्षीत फिल्म ‘वीरविक्रम २’ पनि रिलिज हुँदैछ । शनिबार ‘जात्रै जात्रा’ र ‘वीरविक्रम २’ निर्माताबीच निर्णायक वार्तामा भएको थियो । ‘वीरविक्रम २’ केही पछाडि सार्न निर्माता मिलन चाम्सलाई ‘जात्रै जात्रा’ टिमले आग्रह गरेको थियो । तर, चाम्स आफ्नो निर्णयबाट डगमगाएनन् । 
 
अब अर्को वर्षको जेठ पहिलो साता दुई 'हेभिवेट' फिल्मको ठूलै घम्साघम्सी हुने देखिएको छ । दुबै हिट फिल्मको दोस्रो सिरिज भएका कारण दर्शकमा दुबै फिल्मको प्रतिक्षा छ । ‘वीरविक्रम २’ मा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन लिड रोलमा छन् । भने, प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झालगायतका कलाकारहरुको अभिनय छ । 
Most Visited News (monthly)