Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गुलशन र आनाको गजबको मित्रता (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/15
नब्बेको दशकमा बलिउडमा एकछत्र राज गरेका चर्चित खलनायक गुलशन ग्रोवर केही दिनदेखि नेपालमा छन् । तेस्रो पटक नेपाल आएका उनको पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यसमा पनि उनी नेगेटिभ रोलमा नै छन् । यो फिल्मलाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ । 
 
 
 
 
 
 
यो फिल्मको प्रचारका लागि उनी मंगलवार काठमाडौं ओर्लिएका थिए । बुधवार पाटन दरवार स्क्वायरमा नेपाली दर्शकहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका उनी बिहीवार राजधानीको लबिम मलमा आयोजित यस फिल्मको भब्य रेड कार्पेट प्रिमियरमा सहभागी भए । निलो रंगको सुटमा आफ्नै स्टाइलमा पुगेका उनले नेपाली फिल्मकर्मीहरुसँग पनि चिनजान गरे । 
 
फिल्मको प्रिमियरमा गुलशन र अभिनेत्री आना शर्माको मित्रता भने गजबकै देखिएको थियो । प्रिमियरमा पुग्न साथ आनालाई गुलशनले गालामा चुम्बन नै गरे । दुईले केहीबेर रमाइला कुराकानी पनि गरे । प्रिमियरमा दुईको केमेस्ट्री हेर्दा उनीहरु घनिस्ट साथी भइसकेको भान हुन्थ्यो । आनालाई गुलशनले ‘नेपालीकी सुन्दर नायिका’ भनेर सम्बोधन गर्ने गरेका छन् । 
 
 
 
 
 
 
प्रिमियरमा ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुप र निर्माता नकिम उद्दिन, कलाकारहरु शिशिर बाङ्देल, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायत पनि उपस्थित थिए । नम्रता श्रेष्ठ, दीपकराज गिरी, विनय श्रेष्ठ, दीपाश्री निरौला, भुवन केसी, प्रियंका एमभी, बर्षा राउत, संजोग कोइराला, शिल्पा मास्केलगायतका दर्जनौं फिल्मकर्मीहरु पनि प्रिमियरमा सहभागी थिए । 
 
फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । नेपालकै सर्वाधिक ठूलो र स्तरीय मल्टीप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजका मालिक नकिमले निर्माण गरेका कारण फिल्मकर्मीहरुले फिल्मको बारेमा मिडियाको सामुन्ने नराम्रो बोलेनन् । अधिकांशले राम्रो प्रयास गरेको भन्दै टिमको प्रशंसा गरे । सञ्चारकमीहरुले भने फिल्मको मेकिङको तारिफ गरे । 
 
 
 
 
 
 
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)