Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ को शिर्ष गीतमा सेफ बने हरिवंश र निरुता (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/15
बैशाख १३ गतेबाट पोस्टपोन्ड भएर बैशाख २० मा पुगेको मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘भिजिट भिषामा’ ले युट्युबमा करोड भ्यूज पाउन सफल भएको खुसीयालीमा निर्माण टिमले पत्रकारलाई साक्षी राखेर शिर्ष गीत सार्वजनिक गरेको हो ।
 
 
राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ । फिल्ममा उनीहरु अभिनेता पुष्पको माता-पिताको भूमिकामा छन् । शम्भुजित बाँस्कोटाले गीतमा संगीत भरेका छन् । 
 
मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । 
 
बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)