Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(21 votes, avg 4.62/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ गीतः सुहायो अनमोल र सुहानाको केमेस्ट्री ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/15
अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को पहिलो रोमान्टिक गीत युट्युब रिलिज भएको छ । प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा निर्माण टिमले शुक्रवार फिल्ममा समावेश ‘जिन्दगी नै भन्दिनँ’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोल र सुहाना फिचर्ड छन् । 
 
 
सुगम पोखरेल र ‘फूल हैन’ फेम्ड गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आशिष अविरलले गीतमा संगीत भरेका छन् । नेपालसँगै अमेरिकाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अनमोल र सुहानाको जोडी सुहाएको देखिन्छ । सुहानालाई भिडियोमा बोल्ड देखिएको छ । 
 
चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेका हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् । सुहाना उनकै छोरी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)