Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘एभेन्जरः इन्ड गेम’ का कारण सर्‍यो ‘दाल भात तरकारी’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/15
 
केही वर्षयता हरेक हप्ता दुईभन्दा बढी नेपाली फिल्म एकअर्कासँग जुध्दै आएका छन् । भिडन्तको मारले कयौं निर्माताहरुको विल्लीबाठ भएको छ । 'छक्का पञ्जा' सिरिजबाहेक अन्य फिल्मले कमै सोलो रिलिज पाउँछन् । कतिपय निर्माताहरु इगो साध्न पनि फिल्म जुधाउने गरेका छन् । तर, यो नेपाली फिल्मको हकमा मात्र । हलिउड/बलिउडका फिल्मसँग जुधाउन त दरिलो मुटु सायदै नेपाली निर्मातासँग छ । 
 
जब प्रतिक्षीत हलिउड/बलिउडका फिल्म रिलिज हुन्छन् तब दुई/तीन हप्तै कुनै नेपाली फिल्म रिलिज हुँदैनन् । बर्षौदेखि हलिउड/बलिउडका फिल्मसँग जुध्न ठूला स्टारका नेपाली फिल्मले समेत आँट जुटाउन सकेका छैनन् । स्वदेशी दर्शकहरु पनि नेपालीभन्दा विदेशी फिल्मप्रति बढी चासो राख्ने हुँदा निर्माताहरु विदेशी फिल्मसँग जुध्नु भनेको 'चुर्लुम्म डुब्नु' सम्झन्छन् । तर, घरकै फिल्मसँग भिड्न भने कसैमा डर देखिन्न । 
 
मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ पनि एक हलिउड फिल्मका कारण घोषित मिति बैशाख १३ मा प्रदर्शनमा नआउने भएको छ । यो मितिमा हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ रिलिज हुँदैछ । ‘दाल भात तरकारी’ टिमले प्राविधिक काम नसकिने भएपछि प्रदर्शन मिति सारेको बताएको छ । तर, यो छुटकारा पाउने बहाना मात्र हो । यथार्थमा ‘एभेन्जर’ ले मल्टिप्लेक्स कब्जा गर्ने हुँदा ‘दाल भात तरकारी’ पछाडि सरेको हो । 
 
अब यो फिल्म बैशाख २० मा रिलिज हुने तय भएको छ । अर्थात् पूर्वघोषित मितिभन्दा एकहप्ता पछाडि । यो फिल्मको दोस्रो गीत शुक्रवार दिउँसो सार्वजनिक हुँदैछ । गीतसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गर्दैछ । सुदन केसीको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मालगायतका कलाकारहरुको अभिनय छ । महसंचारको ब्यानरमा फिल्म बनेको हो । 
Most Visited News (monthly)