Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अघोरी’ मा बाँधियो प्रज्वल र शारदाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/03/14
‘झमक बहादुर’ फेम्ड निर्देशक भोमन कटुवालको निर्देशनमा फिल्म ‘अघोरी’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ । सो अवसरमा फिल्मका लिड कलाकारहरु प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मी शाहले मुहूर्त सट दिएका थिए ।
 
 
बिलभ्ड इन्टरटेन्मेन्ट प्रा.लि.का लागि राधादेवी कटुवालले फिल्मको निर्माण गर्न लागेकी हुन् । एक्सन लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मको छायांकन चैत १ गतेबाट सुरु हुने निर्देशक कटुवालले जानकारी दिए । फिल्ममा विन्दा तामाङ, सुरविर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । 
 
यसै फिल्मबाट शारदा राज्यलक्ष्मी र मुनम मल्लले डेब्यू गर्न लागेका हुन् । ‘अघोरी’ को चरित्र भने कलाकार प्रज्वल गिरीले निर्वाह गर्नेछन् । फिल्मको विषयमा संक्षिप्त जानकारी दिँदै निर्देशक कटुवालले भने- ‘अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्वन्द्वत्मक प्रेम कथा पर्दामा बोल्नेछ । फिल्ममा ग्रामिण भेगको कथा हामी पस्किदैछौं ।’ 
 
यो फिल्मलाई पवन गौतमले खिच्नेछन् । काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा खिचिने फिल्ममा राजु किरातको द्वन्द्व निर्देशन रहनेछ । फिल्मको गीतमा संगीत दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईले दिनेछन् । आगामी छठमा रिलिज गरिने यो फिल्म झण्डै ७० लाखको बजेटमा बन्नेछ । 
Most Visited News (monthly)