Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपालीहरु एकदमै इमान्दार हुन्छन्’ : गुलशन

फिल्मीखबर, काठमाण्डौ, 2019/03/13
 
हिन्दी फिल्म जगतमा ‘ब्याडम्यान’ को नामबाट चर्चित गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरका लागि मंगलवार दिउँसो काठमाडौं ओर्लिएका उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनले नेपाल र नेपालीको प्रशंसा गर्न पनि छाडेनन् । 
 
 
 
निर्माण टिमले आयोजना गरेको फिल्मको प्रमोसनल इभेन्टमा उनले आफू पहिलो पटक आफ्नो सबैभन्दा मिल्ने साथी मनिष कोइरालासँग नेपाल आएको सम्झिए । उनले भने- 'तपाईंहरुको देशकी अभिनेत्री मनिषा (कोइराला) मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनैसँग म पहिलो पटक नेपाल आएको थिएँ । दोस्रो पटक यही फिल्मका लागि र यो तेस्रो पटक हो ।'
 
उनले आफूलाई नेपाल सबैभन्दा मनपर्ने देश रहेको बताउँदै भने- ‘मलाई नेपालको सबै कुरा मनपर्छ । नेपाली खाना मनपर्छ । नेपालको सुन्दरता मनपर्छ । नेपालको कल्चर मनपर्छ ।’ उनले नेपालीहरु एकदम इमान्दार हुने पनि बताए । दर्शकहरुको अत्याधिक मागपछि गुलशनले आफ्ना चर्चित हिन्दी फिल्मका डाइलगहरु पनि सुनाए । 
 
उनी बिहीवार राजधानीमा हुने ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियरमा सहभागी हुनेछन् । आफूले अभिनय गरेको पहिलो नेपाली फिल्म हेरेर प्रतिक्रिया दिन पनि उनले दर्शकलाई आग्रह गरे । यो फिल्म यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउँदैछ । अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिएको यो पहिलो नेपाली फिल्म हो । पेमा धोन्डुप यसका निर्देशक हुन् । 
 
 
 
गुलशनसँगै पाटन दरवार स्क्वायरमा फिल्मकी अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देललगायत उपस्थित थिए । नकिम उद्दिनले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ ।
 
ट्रेलर हेर्नुहोस् :- 

Most Visited News (monthly)