Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जानी नजानी’ मा ‘कर्पोरेट लभ’

फिल्मीखबर, काठमाण्डौ, 2019/03/13
 
चैत १ गतेबाट दर्शक भेट्न तयार रहेको फिल्म ‘जानी नजानी’ लाई न यसअघि कुनै सुपरहिट फिल्म दिएका निर्देशकले निर्देशन गरेका हुन् न त चलेका कलाकार नै छन् । तर, कथावस्तु र प्रस्तुतीमा दम भएका कारण दर्शक हलसम्म आउने र मनपराउनेमा निर्माण टिम विश्वस्त छ । कलाकारदेखि निर्माता/निर्देशक सबैको ध्यान अहिले कसरी दर्शकलाई हलसम्म डोर्‍याउने ? भन्ने उपायमा केन्द्रित छ । हालै मोफसल टुर सकाएर टिम राजधानी फिरेको हो । 
 
गत हप्ता एक भेटमा फिल्मका 'स्क्रिप्ट राइटर' सामिप्यराज तिमल्सिनाले पछिल्लो समय बन्दै आएको फिल्महरुभन्दा केही फरक कथावस्तुमा ‘जानी नजानी’ निर्माण भएको सुनाए । पेशाले फिल्म समीक्षक भए पनि 'ड्रिम्स', 'ए मेरो हजुर २', 'गोपी', 'क्याप्टेन' जस्ता दर्जन बढी फिल्मको कथा लेखिसकेका उनले बनिरहेका लभस्टोरी फिल्मको 'प्याटन' परिवर्तन हुनुपर्ने बताउँदै शुद्ध लभस्टोरी बनाउने उद्येश्यले यो फिल्मको कथामा काम गरेको बताए । 
 
 
'ढाका इन्डस्ट्रीको पृष्टभूमीमा हामीले प्रेम बुनेका छौं । अन-रेस्पोन्सिवल केटा प्रेममा परेपछि व्यवहारिक हुँदै जान्छ भन्ने यूनिभर्सल कुरालाई पनि फिल्ममा भन्न खोजिएको छ । प्रेममा परेपछि कुनै पनि मान्छे पुरानोजस्तो हुँदैन भन्ने 'थ्रेड लाइन' मा हामीले फिल्ममा कथानकको रुपमा बुनेका छौं', उनले भने । उनले फिल्ममा 'लभस्टोरी विथ कन्टेन्ट' रहेको दाबी गरे । उनले थपे- 'फिल्मले 'कर्पोरेट लभ' भन्छ ।'
 
डुब्न लागेको ढाका इन्डस्ट्रीलाई 'रिभाइभ' गर्नका लागि एक युवकले गर्ने संघर्षको पेरिफेरिमा फिल्मको मूल कथा बगेको लेखक तिमल्सिनाले बताए । फिल्मले ढाकाको प्रबद्र्धन पनि गर्ने उनको विश्वास छ । उनी भन्छन्, 'नेपाली पहिचानसँग जोडिएको कुनै पनि इन्डस्ट्रीलाई कसरी व्यावसायिकरण गर्न सकिन्छ भन्ने चिज फिल्ममा हामीले देखाएका छौं । अहिलेको पुस्तालाई 'कनेक्ट' गर्ने 'प्लानिङ' फिल्ममार्फत् गरेका छौं ।'
 
 
फिल्ममा लभलाई पनि व्यवसायसँग जोडिएको उनी बताउँछन् । उनले फिल्मबारे थप स्पष्ट पार्दै भने- 'यो फिल्ममा पार्कमा गएर प्रमुख पात्रले रोमान्स गर्दैनन् । घाटामा गएको ढाका इन्डस्ट्री जोगाउने क्रममा लिड अभिनेता मनिष श्रेष्ठ र नव-अभिनेत्री निरिशा बस्नेतलाई सँगै काम गर्नुपर्ने हुन्छ र त्यही बेला उनीहरु बीचमा केमेस्ट्री 'बिल्डप' हुँदै जान्छ ।' फिल्म हेरेपछि विजनेश प्रमोट गर्ने आइडिया पनि आउने उनको जिकिर छ । 
 
फिल्मको स्क्रिप्टमा पनि लेखक तिमल्सिनासँग सँगै रहेर काम गरेका निर्देशक बसन्त अधिकारीले ‘जानी नजानी’ आफ्नो 'ड्रिम प्रोजेक्ट' रहेको बताए । यसअघि दर्जनौं फिल्ममा सहायक निर्देशक भएर काम गरेको अनुभवलाई सर्टिफिकेट मान्दै फिल्म निर्देशनमा औपचारिक रुपमा होमिएका उनी यस फिल्ममा आफूले उत्कृष्टता पस्किन कुनै कसर बाँकी नराखेको बताउँछन् । स्क्रिप्टभन्दा राम्रो फिल्म बनेको उनी दाबी गर्छन् । 
 
 
अभिनेता मनिषले फिल्ममा आफूले निभाएको देव चरित्रले दुईवटा जीवन बाँच्ने बताए । फिल्म 'रानी' बाट अभिनय करिअर सुरु गरेका 'स्टाइलिस अभिनेता' श्रेष्ठले भने- 'सुरुमा देवले लाइफलाई खासै गम्भीर रुपमा लिएको हुँदैछ । तर, जब उसको जीवनमा एक युवती आउँछे तब उसको लाइफ एकदमै परिवर्तन हुन्छ । त्यसपछि लभलाई ढाकासँगै अगाडि बढाइएको छ ।' लगातार दुई फिल्मबाट असफलता भोगेका उनी यो फिल्मबाट भने निकै आशावादी देखिएका छन् । 
 
फिल्ममा घाटामा गएको ढाका इन्डस्ट्रीलाई 'रिभाइभ' गर्नका लागि संघर्षरत युवकको भूमिका निभाएका उनले अब कुनै कार्यक्रममा जानु परेको खण्डमा ढाकाको पहिरन लगाएर जान मन भएको पनि सुनाए । फिल्मले युथहरुलाई प्रोत्साहन गर्ने पनि उनको भनाइ छ । लुगाको आफ्नै केही 'आउटलेट' भएका कारण फिल्ममा मनिषलाई ढाकामा थप सहज भएको उनको छेवैमा रहेका लेखक तिमल्सिना बताउँछन् । 
 
 
नव-अभिनेत्री निरिशाले भने फिल्ममा करिअर र रिलेसनसिपमा कन्फ्यूजन भएको एक युवतीको भूमिका निभाएको बताइन् । लेखक तिमल्सिनाझैँ उनी पनि फिल्म 'कर्पोरेट लभ' मा आधारित भएर बनेको बताउँछिन् । तर, उनी रियल लाइफमा भने 'कर्पोरेट लभ' लाई राम्रो मान्दिनन् । प्रोफेसन र पर्सनल लाइफ मिक्स गर्न नहुने उनको तर्क छ । फिल्ममा उनले 'डेडिकेटेट लभर' को भूमिका निभाएको लेखक तिमल्सिनाले प्रस्टाए । 
 
निरिशा 'फिल्मी ब्लड' हुन् । उनका पिता विश्व बस्नेत नेपाली फिल्मका नामी अभिनेता हुन् । पितासँग बाल्यकालमा थुप्रै फिल्मको सेट र अवार्ड कार्यक्रममा पुग्ने गरेका कारण बाल्यकालदेखि नै उनमा हिरोइन बन्ने इच्छा पलाएको थियो । तर, यसमा परिवारको मञ्जुरी थिएन । पिता स्वयं उनलाई हिरोइन नबन्न सुझाव दिन्थे । 'पिताले फिल्ममा भविष्य सुरक्षित हुन्न भन्नुहुन्थ्यो । तर, मलाई भने हिरोइन नै बन्नु थियो', निरिशाले भनिन् । 
 
 
परिवारलाई थाहै नदिइ एकदिन एयर होस्टेज बन्ने भन्दै मुम्बई हानिएकी उनलाई मुम्बईले एयर होस्टेज नभएर कलाकार बनाइदियो । उनले चर्चित हिन्दी सिरियल 'चन्द्र नन्दिनी' मा लिड रोल निभाएकी थिइन् । उनी अवसर पाएको खण्डमा बलिउड फिल्ममा प्रवेश गर्ने सोचमा पनि छिन् । लामो समय मुम्बई बसेकी उनी भन्छिन्, 'बलिउड फिल्मबाट अफर आए पनि काम गर्न तयार छु । तर, अब नेपाली फिल्मलाई पनि निरन्तरता दिन्छु ।'
 
तश्बिर : विवेक बस्याल
Most Visited News (monthly)