Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘बोले चूडिया’ मा नवाजुद्दीन र मौनीको जोडी

एजेन्सी, मुम्बई, 2019/03/13
 
टिभी दुनियाँमा नाम कमाएपछि अभिनेत्री मौनी रोयको बलिउड सफर पनि सुखद देखिएको छ । उनले अक्षय कुमारको फिल्म 'गोल्ड' बाट हिन्दी फिल्ममा कदम राखेकी थिइन् । यो फिल्म बक्सअफिसमा हिट भएपछि अहिले उनको हातमा एक बिग बजेटको फिल्म छ । अब उनी सानदार एक्टर नवाजुद्दीन सिद्दीकीसँग देखिने भएकी छन् । 
 
मौनी फिल्म ‘बोले चूडिया’ मा नवाजसँग लिड रोल प्ले गर्दै देखिनेछिन् । उनले यो फिल्मको जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत् दिएकी छन् । यो फिल्मबाट नवाजका भाई शमास सिद्दीकी पनि निर्देशनमा डेब्यू गर्दैछन् । यो फिल्मपछि मौनी, जोन अब्राहमको फिल्म 'रोमियो अकबर बल्टर' र राजकुमार रावको फिल्म 'मेड इन चाइना' मा देखिँदैछिन् । 
 
उनी रणबीर कपूर र आलिया भट्टको फिल्म 'ब्रह्मास्त्र' मा पनि छिन् । फिल्म ‘बोले चूडिया’ मौनीको पाँचौ फिल्म हो । उनले आफ्नो करिअरको सुरुवात एकता कपूरसँग गरेकी थिइन् । दुई वर्ष पहिला आएको एकताको शो 'नागिन' ले उनलाई टिभीमा एक अलग पहिचान दिलाएको थियो । उनलाई यो सोले बलिउडका लागि ढोका खुल्ला गरेको थियो । 
 
'नागिन' पछि मौनीलाई बलिउड सुपरस्टार सलमान खानसँग 'बिग बोस' को प्रोमो एडमा काम गर्ने सौभाग्य मिल्योे । यसपछि उनले अक्षय कुमारको फिल्म 'गोल्ड' मा काम गर्न पाइन् । 'बोले चूडिया' मा आफ्नो रोलबारे उनी भन्छिन्, 'सानो शहरकी एक चुलबुले युवतीको भूमिका मेरो छ । म हिन्दी फिल्ममा हिरोइनको रुपमा एक राम्रो रोल निभाउनका लागि निकै उत्साहित छु ।' 
Most Visited News (monthly)