Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मनिष र निरिशाको ‘जानी नजानी’ माया बस्यो (गीत)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/11
चैत १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको बसन्त अधिकारी निर्देशित फिल्म ‘जानी नजानी’ को शिर्ष गीत युट्युब रिलिज भएको छ । अञ्जु पन्त र प्रताप दासको स्वरमा रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतका रचनाकार मोदनाथ खनाल हुन् । 
 
 
गीतको भिडियोमा फिल्मका लिड कलाकार मनिष सुन्दर श्रेष्ठ र निरिशा बस्नेत फिचर्ड छन् । गीतले यी दुईको प्रेमभाव बोल्छ । भिडियोमा नव-अभिनेत्री निरशा निकै बोल्ड देखिएकी छन् । हिन्दी सिरियल 'चन्द्रनन्दिनी' मा काम गरिसकेकी उनको यो फिल्म डेब्यू हो । 
 
यो फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । 
 
मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने निर्देशक अधिकारीले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताका छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)