Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सलिनलाई हेर्न हेटौंडामा २० हजार दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2019/03/11
नयाँ पुस्ताका उदयिमान अभिनेता सलिनमान बनियाँलाई हेर्न हेटौंडामा जारि औधोगिक मेलामा दर्शकको भीड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छ । शनिवार सलिन आफ्नो रिलिजको क्रममा रहेको फिल्म 'यात्रा' को प्रचार-प्रसारको लागि टिमसहित पुगेका थिए । 
 
 
सलिनसँगै सलोन बस्नेत, मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्यसहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेलामा पुगेका थिए । झन्डै १० मिनेट स्टेजमा रहँदा सलिनले फिल्मकै गीत ‘चट्ट रुमाल’ मा नृत्य गर्नुका साथै आफ्नो फिल्मको डाइलग बोलेर सुनाए । 'चट्ट रुमाल' गीत हेटौंडामा नै खिचिएको थियो । 
 
सलिनले ‘नमस्ते हेटौंडा’ भन्दै गर्दा स्थानीय दर्शकले एकै स्वरमा ‘नमस्ते’ फर्काएका थिए । उपस्थित सम्पूर्ण कलाकारले ‘चट्ट रुमाल’ मा नृत्य गरेका थिए भने सलोनले पनि आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउदै दर्शकलाई 'यात्रा' हेर्न आग्रह गरे । यो फिल्ममा सलिन भ्लगरको भूमिकामा छन् । यात्राको क्रममा आउने घटनाक्रमलाई फिल्ममा प्रस्तुत गरिएको छ । 
 
 
सम्राट शाक्य यसका निर्देशक हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चैत २९ मा रिलिज हुने फिल्ममा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।  
Most Visited News (monthly)