Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘जाइरा’ को प्रदर्शन मिति घोषणा, नम्रता मार्शल आर्ट खेलाडी

फिल्मीखबर, काठमाण्डौ, 2019/03/11
अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि गएको मंसिर १४ मा फिल्म आउने तय भएको थियो । तर, प्राविधिक कारणले फिल्म घोषित मितिमा प्रदर्शनमा आउन सकेको थिएन । अब यो फिल्म श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर अर्को वर्षको भदौ ६ गतेबाट देशभर प्रदर्शन हुने निश्चित भएको छ । 
 
गएको मंसिरमा रिलिज भएको फिल्म 'प्रसाद' बाट वाहवाही बटुलेकी अभिनेत्री नम्रता ‘जाइरा’ मा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ । 
 
 
नव-अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । भने, नव-अभिनेता मगर, नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस फिल्मका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन्। 
 
कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको यसका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । केशव थापाको नृत्य निर्देशन रहेको यसमा राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व छ । 
Most Visited News (monthly)