Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गर्भवती श्रीमतीसँग रोमान्टिक आर्यन (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/10
चकलेटी अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्दैछन् । नयाँ वर्ष २०७६ साल बैशाखमा आर्यन पत्नी सपना भण्डरी सिग्देलले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । आइतबार सपनाले आफ्नो फेसबुकमा 'बेबी बम्प' देखाउँदै श्रीमान् आर्यनसँगका रोमान्टिक तश्बिरहरु साझेदार गरेकी छन् । तश्बिरमा दुबै निकै खुसी देखिएका छन् । 
 
 
आर्यन पहिलो सन्तानलाई स्वागत गर्न निकै उत्साहित रहेको तश्बिर हेर्दा अनुमान लगाउन सकिन्छ । तश्बिरमा श्रीमती सपनाको 'बेबी बम्प' मा चुम्बन गरेकोदेखि बच्चाको कपडा हातमा खेलाउँदै उनी दंग देखिएका छन् । एक तश्बिरमा भने उनको हातमा फिल्मको क्ल्यापमा छ, जसमा लेखिएको छ- ‘रिलिजिङ द न्यू इयर २०७६’ । तश्बिरमा दुईको जोडी कमालको देखिएको छ ।
 
‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ ? मलाई कहिल्यै थाहा थिएन कि एक मोटो पेट यति धेरै सुखद हुन्छ’, सपनाले तश्बिरसँगै क्याप्सनमा अगाडि लेखेकी छन्, ‘२०७१ सालकोे बैशाख मेरो लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’  अहिले उनी गर्भमा बच्चा हुँदाको सुखद पल विताइरहेकी छन् । 
 
आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् । हालै 'हजार जुनीसम्म' को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको फिल्म ‘चच हुई’ मा व्यस्त छन् । 

 

Most Visited News (monthly)