फिल्म निर्देशक सुवर्ण थापा पत्रकार देवकी बिष्टसँग बैबाहिक बन्धनमा बाँधिएका छन् । सिमित आफन्तलाई साक्षी राखेर बिना तामाझामाका साथ निर्देशक थापा र पत्रकार बिष्टले बिहे गरेका हुन् ।

तस्विर : देवकीको फेसबुकबाट
समलिंगीको कथामा बनेको फिल्म 'सुनगाभा' निर्देशन गरेर प्रशंसा पाएका निर्देशक थापा लामो समयदेखि फ्रान्समा बस्दै आएका छन् । 'फन्को', 'बाटो मुनिको फूल २' फिल्म निर्देशन गरेका थापाले थुप्रै सर्ट फिल्म पनि निर्देशन गरेका छन् । उनको पहिलो सर्ट फिल्म 'मलामी' हो ।

