Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती

एजेन्सी, मुम्बई, 2019/03/09
 
बलिउडका 'सुल्तान' हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । हरेक इद सलमानको फिल्मका लागि 'लक' गर्ने गरिन्छ । सन् २००९ मा 'वान्टेड' देखि २०१९ मा 'भारत' सम्म इदमा रिलिज हुँदैछ । यो बीचमा सन् २०१३ मा भने उनका साथी शाहरुख खानको फिल्म 'चेन्नई एक्सप्रेस' इदमा रिलिज भएको थियो । नभए २००९ देखि हरेक वर्षको इद सलमानको कब्जा छ । 
 
इदको मौकामा सलमानसँग बक्सअफिसमा भिडन्त गर्न कोही तयार हुँदैनन् । अर्थात् इद रिलिजमा सलमानको एकछत्र राज हने गर्दछ । तर, अर्को वर्ष अर्थात् २०२० मा भने अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' रिलिज हुँदैछ । अर्को वर्षको इदमा सलमानको 'दबंग ३' नभए सञ्जय लीला भन्सालीको फिल्म रिलिज हुँदैछ । यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । 
 
अक्षयको इदमा फिल्म रिलिज गर्ने निर्णयलाई लिएर प्रशंसकहरुले सलमानसँग जानी-जानी किन दुश्मनी लिन लागेको ? भन्दै प्रश्न उठाइरहेका छन् । खबरअनुसार, अक्षयले २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नका लागि सलमानसँग सोधेका थिए । उनले 'सूर्यवंशी' को रिलिज डेट एनाउन्स गर्नुभन्दा पहिला सलमानलाई फोन गरेका थिए र उनले अक्षयलाई फिल्म रिलिज गर्न अनुमती दिएका छन् । 
 
अक्षयले अर्को वर्षको इदमा कुनै फिल्म आउँदैछ ? भनेर सलमानसँग सोधेका थिए । सलमानले अहिले आफ्नो सम्पूर्ण ध्यान यस वर्षको इदमा रिलिज हुन लागेको फिल्म 'भारत' मा रहेको बताएका थिए । यसपछि अक्षयले सलमानलाई आफ्नो नयाँ फिल्म 'सूर्यवंशी' नेक्स्ट ईयर इदमा ल्याउन चाहने बताए । सलमानले केही बेर सोचेपछि 'सूर्यवंशी' लाई ग्रीन सिग्नल दिएका थिए । यो फिल्म 'सिम्बा' निर्देशक रोहित शेट्टीले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)