Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘द कपिल शर्मा शो’ मा नीकिता चाण्डक अतिथी

फिल्मीखबर, काठमाण्डौ, 2019/03/07
‘कमेडी किंग’ कपिल शर्माको चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ बलिउड सेलिब्रेटीहरुका लागि आफ्नो फिल्मको प्रचार गर्ने ठूलो प्ल्याटफर्मको रुपमा लिइन्छ । हरेक हप्ता आफ्नो फिल्मको प्रचारका लागि बलिउड स्टारहरु कपिलको शोमा अतिथीको रुपमा पुग्ने गरेका छन् । भारतको नम्बर वान कमेडी शोमा आजसम्म कुनै नेपाली सेलिब्रेटी अतिथी भएर पुगेका छैनन् । 
 
 
पूर्व मिस नेपाल नीकिता चाण्डकले भने कपिलको शोमा अतिथी बन्ने अवसर पाएकी छन् । चाँडै अभिनेता विराज भट्टसँग फिल्म ‘साङ्लो’ मा रोमान्स गर्न लागेकी उनले ‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तश्बिर इन्स्टाग्राममा साझेदार गर्दै आफूलाई शोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् । उनले किकुको पनि प्रशंसा गरेकी छन् । 
 
नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा शो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’ उनले किकुको काम प्रतिको लगानशिलताको पनि मुक्तकण्ठले प्रशंसा गरेकी छन् । नीकिताले किकुकै भ्यानेटी भ्यानमा तश्बिर क्लिक गरेकी हुन् । नीकिताको कुराले किकु उनको मिल्ने साथी र यसअघि पनि धेरै पटक भेट भइसकेको आशय व्यक्त गर्छ । 
 
 
उनी २०१७ की मिस नेपाल हुन् । उनले डेब्यू फिल्मको रुपमा 'रानी महल' साइन गरेकी थिइन् । तर, यो फिल्म आधा छायांकन नसकिँदै निर्माता र निर्देशकको लफडाका कारण अड्किएको छ । अब उनी विराजसँग काम गर्ने तयारीमा छिन् । ‘द कपिल शर्मा शो’ मा कुन उद्देश्य र उनी अतिथी भएको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने नीकिताले खुलाएकी छैनन् । 
Most Visited News (monthly)