.jpg)
'बधाई हो' र 'अन्धाधुन्ध' फेम्ड अभिनेता आयुष्मान खुराना फिल्म निर्माता अनुभव सिन्हाको फिल्म ‘आर्टिकल १५’ मा एक पुलिस अफिसरको भूमिकामा देखिने भएका छन् । निर्माता अनुभवले बुधवार फिल्मको पहिलो लुक साझेदार गरेका छन् । यसलई उनी आफैंले निर्देशन गर्नेछन् ।
आयुष्मानले फिल्मबारे आफ्नो भनाइ राख्दै भनेका छन्, 'मलाई सधैं हाम्रो देशको सामाजिक-राजनीतिक स्थितिको विषयले आकर्षित गर्दछ । हामी सायदै यस्तो फिल्म हेर्दछौं, जसमा निष्पक्ष तरिकाबाट समस्याहरुलाई प्रस्तुत गरेको होस् ।' उनले निर्देशक अनुभव सिन्हाको पनि तारिफ गर्न भ्याए ।
आयुष्मानले भने- 'अनुभव एक यस्ता निर्देशक हुन्, जो हाम्रो देशको समस्याहरुलाई समाधान गर्ने गर्दछन् । मलाई 'मुल्क' निकै मनपरेको थियो । यो साम्प्रदायिकता र कट्टरतामा आधातिर सबैभन्दा सन्तुलित फिल्म हो । र, ‘आर्टिकल १५’ मा उनीसँग काम गर्न निकै मज्जा आउनेछ ।'
यो फिल्ममा आयुष्मानका अलावा ईशा तलवार, मनोज पाहवा, सयानी गुप्ता, कुमुद मिश्रा, एम नासर, आशीष वर्मा, सुशील पाण्डे, सुब्रज्योति भरत र जीशान अयूबको पनि अभिनय रहनेछ । निर्देशक अनुभवले फिल्मका लागि आयुष्मान सही छनोट रहेको बताए । बनारस मीडिया वर्कसले यो फिल्म बनाउनेछ ।

