Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पुरानो बुलेट’ मा उकाली-ओराली गर्दै अनुप (गीत)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/06
 
चैत १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘पुरानो बुलेट’ को ‘मेरो पुरानो बुलेटैमा’ बोलको टाइटल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा फिल्मभित्रका केही चल-अचल दृश्यहरु समावेश गरिएको छ । 
 
क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको हालसालै ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । भिषण राईको निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडीलगायत कलाकारहरुको अभिनय रहेको छ ।
 
फिल्मको कथा तथा पटकथा निर्देशक स्वयं भिषण र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् । फिल्मलाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् । हरि घले लामाको छायांकन रहेको यसमा कोरियोग्राफी प्रसान्त तामाङको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)