.jpg)
दशक अगाडिको सुपरहिट फिल्म ‘आफ्नो मान्छे’ मा समावेश हिट गीत ‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज गरेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्रा’ मा समावेश गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले गीतको रिमेक भर्सन सार्वजनिक गर्यो । भने, गीतका वास्तविक सर्जकहरुलाई सम्मान पनि गरेको छ ।
बाबुराम दाहालको शब्द रचनामा तयार पुरानो भर्सनमा संगीत शम्भुजित बाँस्कोटाको रहेको छ । भने, शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रिमेक भर्सनमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यसलाई राजन इशानले रि-एरेञ्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका छन् ।
.jpg)
गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटालगायतलाई फिचर्ड गरिएको छ । गीतको कोरियोग्राफी अत्यन्त कमजोर छ । ‘चट्ट रुमाल’ गीतको पुरानो भर्सनमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएका थिए ।
फिल्ममा सुहाउने भएकै कारण 'चट्ट रुमाल' गीतलाई राखिएको निर्माताका मध्येका एक केशव भट्टराईले जानकारी दिए । उनी फिल्म 'आफ्नो मान्छे' मा पनि निर्माता थिए । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् ।
.jpg)
सम्राट शाक्य यसका निर्देशक हुन् । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।
गीत हेर्नुहोस् :-

