Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(21 votes, avg 4.86/5.00)
Text size:-
+
-

प्रदीप र जसिता स्टारर ‘लभ स्टेशन’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/05
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा प्रेम, रोमान्स, विछोड, द्वन्द्व, कमेडी सबै मिश्रित छ । विशेषतः प्रदीप र जसिताको प्रेममा आउने उचारचढावमा ट्रेलर केन्द्रित छ । 
 
 
चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप गायकको भूमिकामा छन् । जसिताले दार्जिलिङकी एक युवतीको भूमिका निभाएकी छन् । यसअघि यी दुईले फिल्म 'लिलिबिली' मा स्क्रिन साझेदारी गरेका थिए । दुईको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका थिए । फिल्मका निर्माता गोविन्द शाही हुन् । 
 
 
प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेले फिल्मले सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यसलाई आलोक शुक्लाले खिचेका हुन् । 
 
 
यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता प्रदीपले यस फिल्मबाट ठूलो आशा बोकेको बताए । अभिनेत्री जसिताले ‘लभ स्टेशन’ मा काम गर्दा रमाइलो अनुभव भएको सुनाइन् । निर्माता शाहीले भने फिल्मलाई उतकृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताउँछन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)