Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पसिना’ गीतमा झुमिन् छुल्ठिम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/03/05
बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता गौरव पहारी र अभिनेत्री अनु शाह स्टारर फिल्म ‘पसिना’ को प्रमोसनल टाइटल गीत युट्युब रिलिज भएको छ । गीत सार्वजनिक गरेसँगै निर्माण टिम प्रचारमा उत्रिएको छ । ‘सुनैको दरबार’ बोलको गीतमा मीना पोखरेल निरौलाको स्वर रहेको छ । 
 
 
निर्देशक आर. बि खत्री शरदको शब्द रचना रहेको गीतमा संगीत दिपक शर्माको रहेको छ । अभिनेत्री छुल्ठिम डोल्मा गुरुङले ठुम्का लगाएको गीतमा राजिव समिरको कोरियोग्राफी छ । निरज कँडेलले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।
 
फिल्ममा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।
 
‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारा बोकेको फिल्म समसामयिक कथामा बनेको छ । पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश फिल्मले दिने निर्देशक खत्रीले बताए । निर्देशक खत्रीको कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)