Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

उपासनाको हातमा ‘कबड्डी ३’ !

फिल्मीखबर, काठमाण्डौ, 2019/03/04
सुपरस्टार अनमोल केसीसँग काम गरेपछि हिरोइनहरुको भाग्य बल्छ भनिन्छ । केहीको हकमा यो कुरा लागू भएको पनि छ । अभिनेत्री साम्राज्ञी आरएल शाह एक उदाहरण हुन् । फिल्म 'ड्रिम्स' गरेपछि उनले करिअर फर्किएर हेर्नु परेको छैन । उनी अहिलेकी सर्वाधिक डिमान्डेड र महँगी अभिनेत्री हुन् । अनमोलसँग काम गरेका अरु अभिनेत्रीहरुको भने खासै चर्चा सुनिन्न । 
 
अब साम्राज्ञीपछि नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाउने संकेत अभिनेत्री उपासना सिंह ठकुरीले देखाइएकी छन् । उनको डेब्यू फिल्म ‘क्याप्टेन’ सोमवार चौथो दिनमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्सअफिसमा राम्रो पैसा मात्र छापिरहेको छैन उपासनाको कामको पनि राम्रो प्रशंसा भइरहेको छ । उनको अभिनय दर्शक र समीक्षक दुबैलाई मन परेको छ । 
 
 
गाउँले युवतीको भूमिकामा फिट देखिएकी उनको अनमोलसँग जोडी पनि उतिक्कै सुहाएको छ । फिल्मको 'रहर छ सँगै' बोलको गीतपछि नै उनको सुन्दरताको चर्चा सिनेवृतमा सुरु हुन थालेको थियो । फिल्ममा देखाएको उपासनाको कामले फिल्म उधोगका लागि उदयिमानको छनक दिएको छ । अहिले धेरै फिल्ममेकरको आँखा उनीमाथि पर्न थालेको छ । 
 
यसबीच, डेब्यू फिल्म पहिलो सातामा प्रदर्शन भइरहँदा उनलाई गिनेचुनेको ब्यानर सिनेमा आर्टस्को हिट फिल्म 'कबड्डी' को तेस्रो सिक्वेल ‘कबड्डी ३’ अफर भएको छ । उपासना केही दिनयता निर्देशक रामबाबु गुरुङसँग लगातार छलफलमा छिन् । गोप्य स्रोतको जानकारीलाई आधार मान्ने हो भने फिल्ममा उनी अनुबन्ध भइसकेकी छन् । तर, उपासना फाइनल भने नभइसकेको बताउँछिन् । 
 
उनले केही दिनमा फिल्म गर्ने/नगर्ने भन्ने टुंगो लाग्ने बताइन् । ‘कबड्डी’ को दुई सिरिजमा अभिनेत्री रेश्मा गुरुङ फिमेल लिड रोलमा थिइन् । यसपटक उनी नदोहोरिने बताइएको छ । उनलाई उपासनाले रिप्लेस गर्ने सम्भावना बलियो छ । यो फिल्ममा अभिनेता प्रदीप खड्काको पनि प्रवेश हुने चर्चा छ । सबै ठिकठाक रहे उपासनाको जोडी उनीसँग बाँधिनेछ । 
Most Visited News (monthly)