Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋतिकका लागि तमन्ना ‘नो किस’ कन्ट्रयाक तोड्न तयार

एजेन्सी, मुम्बई, 2019/03/03
 
‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटियाको फिल्मको कन्ट्रयाकमा ‘किस नगर्ने’ क्लज हुन्छ । तर, उनी बलिउड सुपरस्टार ऋतिक रोशनका लागि भने आफूले अहिलसम्म नतोडेको कन्ट्रयाक तोड्न तयार छिन् । अर्थात्, ऋतिकसँग भने उनी किस सिन गर्न तयार छिन् । तमन्नाका फेभरेट अभिनेता हुन् उनी । 
 
हालै च्याट शो फेमसली फिल्मफेयर (तमिल) को एक एपिसोडमा तमन्नाले भनिन्, 'यदी ऋतिकसँग काम गर्न पाएँ भने म ‘नो किस’ नियम तोड्न तयार छु ।' उनले अहिलेसम्म कुनै अभिनेतासँग किस सिन गरेकी छैनन् । उनले अभिनेतासँग किस नगर्ने शर्तमा मात्र फिल्म साइन गर्ने गर्दछिन् । 
 
तमन्नाले अगाडि भनिन्, 'म पर्दामा चुम्बन सिन गर्दिनँ । खासमा यो मेरो अनुबन्धको एक हिस्सा हो । तर, म आफ्नो साथीहरुसँग मजाकमा ऋतिकसँग काम गर्न पाए किस सिन गर्न तयार छु भन्ने गर्छु । र, वास्तवमै म उहाँसँग किस सिन गर्न तयार छु ।' ऋतिकको उनी ठूलो प्रशंसक हुन् । 
 
हालै आफ्नो फेभरेट अभिनेतासँग तमन्नाको भेट भएको थियो । उनले भनिन्, 'मेरो पहिलो पटक उहाँसँग भेट भएको हो । उहाँलाई भेट्ने समयमा म निकै उत्साहित र नर्भस पनि थिएँ । र, आफूलाई १६ वर्षकी कुनै युवती महशुस गरिरहेको थिएँ ।' उनले ऋतिकसँग काम गर्ने आफ्नो सपना रहेको पनि बताएकी छन् । 
Most Visited News (monthly)