Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द ब्रेकअप’ बाट किन हटेनन् सलोन ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/02
लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक हेमराज विसी निर्देशित नयाँ फिल्म ‘द ब्रेकअप’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । चकलेटी अभिनेता आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका रहेको फिल्ममा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
प्रदर्शनको पहिलो दिन सुखद सुरुवात गर्न चुकेको फिल्मले शनिबार भने देशभर आक्रामक व्यापार गरेको निर्माण टिमबाट जानकारी छ । फिल्म हेर्ने अधिकांश दर्शकले रुचाएका कारण दर्शकको संख्यामा विस्तारै वृद्धि हुने निर्देशक हेमराज बताउँछन् । शुक्रवार फिल्मले देशभर बिहानदेखि साँझसम्म ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको थियो । 
 
 
यो फिल्मको घोषणा हुँदा अभिनेता आशिरको साथीको भूमिकामा अभिनेता सलोन बस्नेत थिए । पोखरामा उनको ५/६ सिन पनि खिचिएको थियो । तर, छायांकनका लागि अष्ट्रेलिया उड्ने बेला उनले फिल्मबाट हात झिके । कारण थियो अर्को फिल्म 'यात्रा' । उनले हात झिकेपछि निर्माण टिमले अष्ट्रेलियामा नै बस्ने एक युवकलाई उनको ठाउँमा राखेर अभिनय गरायो । 
 
तर, फिल्मबाट सलोनलाई हटाउन भने निदेशक विसीले सकेका छैनन् । फिल्मको अन्तिम १५ मिनेट अगाडि उनलाई झुलुक्क देख्न पाइन्छ । तर, उनको कुनै संवाद राखिएको छैन भने 'स्क्रिन स्पेस' पनि धेरै छैन । उनको उपस्थिति फिल्ममा अर्थविहीन छ । निर्देशक विसीले प्राविधिक कारणले गर्दा सलोनको पाटो हटाउन नसकेको स्पष्ट पारे । 
 
उनी भन्छन्, 'सलोन पनि भएको क्लाइमेक्सको जुन ड्रामा थियो त्यो हामीले अष्ट्रेलिया उड्नु अगाडि नै सुट गरेका थियौं । त्यो सिन फेरि क्रियट गर्न गाह्रो भएका कारण गरेनौं । किनकि, क्लाइमेक्समा जुन हावाहुरी चलेको थियो त्यो रियल थियो । यो कुराको जानकारी मैले सलोनलाई गराइसकेको छु । सलोनले आपत्ति नभएको बताएको छ । त्यो मात्र प्राविधिक गडबडी हो ।'
 
निर्देशक विसीले प्राविधिक टोलीले सलोनलाई फ्रेमबाट हटाउन प्रयास गरेपनि असम्भव रहेको पनि बताए । तर, फिल्ममा सलोनलाई देखेपछि दर्शकहरु भने फुरुङ्ग हुन्छन् । किनकि, उनको उपस्थिति मात्रले पनि दर्शक हलमा बाँध्न बाध्य गराउँछ । तर, 'द ब्रेकअप' मा उनको उपस्थितिले दर्शकलाई निराश बनाउँछ । उनको अनुहार देखिए पनि संवाद एउटा छैन । 
Most Visited News (monthly)