Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लभ स्टेशन’ पोस्टरमा जसितासँग रोमान्टिक प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2019/03/02
 
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले दोस्रो पटक सहकार्य गरेको फिल्म ‘लभ स्टेशन’ आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि 'लिलिबिली' मा यी दुईको टिमअप भएको थियो । प्रदर्शन मिति दिनानुदिन नजिकिँदै गर्दा निर्माण टिमले प्रचारलाई पनि चुस्त बनाउन थालेको छ । यस फिल्मको पहिलो गीत 'घाम जून' सार्वजनिक भैसकेको छ । 
 
यसबीच निर्माण टिमले फिल्मको पोस्टरहरु सार्वजनिक गरेको छ । सार्वजनिक पाँच पोस्टरमा जसिताप्रति प्रदीपको प्रेम भाव देखाइएको छ । दुबैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । पाँचमध्ये दुई पोस्टरमा भने प्रदीप र जसिता सोलो फिचर्ड छन् । एकमा प्रदीपको हातमा गितार देख्न सकिन्छ । भने, दोस्रोमा जसिता लिंगे पिंगमा रमाइरहेकी छन् । 
 
फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।  प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । 
 
निर्देशक घिमिरेका अनुसार, ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा हो । यो फिल्मलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । 
Most Visited News (monthly)