Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नवाजुद्दीन भन्छन्, ‘एक फिल्म फ्लप हुँदैमा करियर सकिन्न’

एजेन्सी, मुम्बई, 2019/03/01
 
गत वर्ष शाहरुख खान, सलमान खान र आमिर खानका लागि ठिक रहेन । शाहरुखको 'जिरो' ठूलो फ्लप रह्यो । भने, आमिरको 'ठग्स अफ हिन्दोस्तान' ले पनि हावा खायो । यद्यपि, सलमानको 'रेस ३' ले राम्रो कमाई गर्‍यो, तर समीक्षकले राम्रो भनेनन् । अर्कोतिर साना स्टार र कम बजेटमा बनेका फिल्मले भने जबरजस्त कमाई गरे र रुचाइए पनि । 
 
अभिनेता राजकुमार रावको 'स्त्री' र आयुष्मान खुरानाको 'अन्धाधुन' जस्ता फिल्म सुपरहिट साबित भए । अहिले बलिउडमा ठूलो स्टार्सको समय हातबाट उम्केको चर्चा सुरु हुन थालेको छ । अब युवा एक्टरको समय आएको बताउन थालिएको छ । तर, अभिनेता नवाजुद्दीन सिद्दीकी एक फिल्म फ्लप हुने वितिक्कै कुनै कलाकारको करियर नसकिने बताउँछन् । 
 
उनी फिल्मको असफलताको दोषी अभिनेतालाई मात्र मान्नु सही नहुने तर्क राख्छन् ।  उनी भन्छन्, 'फिल्ममा परिवर्तनको समय सुरु भइसकेको छ । यसको क्रेडिट शेखर कपूर, अनुराग कश्यप र राम गोपाल वर्मा जस्ता मेकर्सलाई जान्छ । अहिले केही एक्टर्स भनिरहेका छन् कि, परिवर्तन उनीहरुको कारण भएको हो । तर, यो सही होइन ।'
 
फिल्म इन्डस्ट्रीमा भइरहेको परिवर्तन अरुले नभएर फिल्ममेकर्सका कारण भएको नवाजुद्दीनको भनाइ छ । नवाज भन्छन्, 'कन्टेन्टमा चल्ने फिल्मले आकार लिँदैछ । मलाई लाग्छ कि जुन परिवर्तन तपाईंहरु देख्दै हुनुहुन्छ यो भर्खर-भर्खर भएको होइन । उनी अगाडि थप्छन्, 'फिल्ममा कुनै ठूलो परिवर्तन भइसकेको छैन । तर, यो एक सुरुवात भने हो ।' 
Most Visited News (monthly)