Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे’ निर्देशकको ‘हेल्लो जिन्दगी’ मा श्वेता अनुबन्ध

फिल्मीखबर, काठमाण्डौ, 2019/03/01
 
करीब चार वर्ष अगाडि विवाहलगत्तै पतिवियोगमा परेपछि अभिनेत्री श्वेता खड्का लामो समय काँचको पर्दाबाट टाढा रहिन् । कतिपयले उनी अब फिल्ममा नफर्किने अनुमान पनि लगाए । तर, गत वर्ष फिल्म 'कान्छी' मार्फत् उनले कमब्याक गरिन् । यो उनकै निर्माणमा बनेको फिल्म थियो । फिल्म बक्सअफिसमा पनि राम्रै चल्यो । 
 
'कान्छी' रिलिजको ६ महिनापछि उनले बाहिरी ब्यानरको एक फिल्म बिहीवार साँझ सम्झौता गरेकी छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'भैरे' निर्देशन गरेका एभरेष्ट सूर्य बोहोराको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ मा उनी अनुबन्ध भएकी हुन् । यसअघि 'कृ' अभिनेत्री अदिती बुढाथोकीको नाम चर्चामा थियो । 
 
निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने फिल्मलाई सृजना जोशीले निर्माण गर्नेछिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा अनुबन्ध भएपछि अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस कोर्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेशल दिन भएको उल्लेख गरेकी छन् । 
 

उनले निर्देशक बोहोरालाई 'डाइनमिक' निर्देशक भन्दै प्रशंसाको पुल पनि बाँधेकी छन् । श्वेताले धेरैपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेकी हुन् । पछिल्लो समय समाजसेवामा पनि सक्रिय उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छन् । यो फिल्मलाई अहिलेका सर्वाधिक व्यस्त र महँगा छायाँकार पुरुषोत्तम प्रधानले खिच्नेछन् । 
Most Visited News (monthly)