Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरौतो’ को ‘चुलो चौका’ मा सन्नी र सुमीको छमछमी

फिल्मीखबर, काठमाण्डौ, 2019/02/28
एक्सन-लभस्टोरी फिल्म भनिएको ‘सरौतो’ को बिहीवारबाट लोक लयको गीतको छायांकन ललितपुरस्थित सानेपाको इन्टरनेशनल क्लबमा सुरु गरिएको छ । गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंहलाई बेहुला तथा बेहुलीको साथीको रुपमा प्रस्तुत गरिएको छ । गीत भ्याएसँगै फिल्मको राजधानी सेड्युल सकिनेछ । 
 
 
डेब्यू निर्देशक हरि हुमागाइँले छायांकन भइरहेको गीतलाई इम्याजिन सिनको रुपमा ब्याख्या गरे । ‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायांकन गरिरहेका छौं,’ उनले भने- ‘फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ गीतलाई लिएर उनी निकै विश्वस्त छन् । 
 
छायांकन भइरहेको गीत ‘चुलो चौका’ मा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ । भने, राजनकै शब्द र संगीत रहेको छ । यसै फिल्ममार्फत् कोरियोग्राफीमा डेब्यू गरेकी निलिशा शाक्य पनि गीतलाई लिएर आशावादी छिन् । अभिनेत्री सुमीले भने पहिलो पटक गीतमा नृत्य गरेको बताउँदै रमाइलो महशुस भइरहेको बताइन् । 
 
 
फिल्म 'डायरी' मार्फत् डेब्यू गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताए । 'गीत लोकलयको भएकोले इन्जोय गरिरहेको छु', उनी भन्छन्, ’डान्स मलाई सहज लाग्दैन तर यस गीतमा भने कम्फर्ट फिल गरिरहेको छु ।’ गीतमा बेहुला र बेहुलीको रुपमा पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । 
 
स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा बनिरहेको फिल्ममा सह-निर्माताको रुपमा श्री महर्जन छन् । फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक आदीको अभिनय छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । 
 
 
उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहने यसमा राजनसँगै पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ । भने, राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ र केतन क्षेत्रीको स्वर रहनेछ । काठमाडौँमा तीन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली चाँडै सिम्रौनग लगायतका तराईको स्थानमा छायांकन गर्न प्रस्थान गर्नेछ । 
Most Visited News (monthly)