Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ करोड नपाएपछि करीनाले गरिनन् ‘ह‍िन्दी मिडियम २’

फिल्मीखबर, मुम्बई, 2019/02/28
 
केही वर्ष अगाडिसम्म बलिउडमा अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा आकाश-जमिनको फरक हुन्थ्यो । तर, अहिले चलेका अभिनेताले बुझ्ने पारिश्रमिक अभिनेत्रीहरुले पनि डिमाण्ड गर्न र लिन थालेका छन् । दीपिका पादुकोण र कंगना रनावट बलिउडका सबैभन्दा महँगा अभिनेत्रीमा दरिन्छन् । करीना कपूर पनि महँगो पारिश्रमिक बुझ्ने अभिनेत्री हुन् । 
 
केही समययता उनी एक फिल्मबापत ८ करोड डिमाण्ड गर्न थालेकी छिन् । अचेल अक्षय कुमारसँग फिल्म गुड न्यूजमा व्यस्त उनको नाम केही दिनदेखि फिल्म ‘ह‍िन्दी मिडियम २’ सँग जोडिएको छ । इरफान खानको फिल्म ‘ह‍िन्दी मिडियम २’ मा उनले काम गर्न सक्ने खबर बाहिरिएको थियो । तर, उनले काम गर्न अस्वीकार गरेकी छन् ।
 
करीनाले ‘ह‍िन्दी मिडियम २’ नगर्नुको कारण कम पारिश्रमिक रहेको खबर प्राप्त छ । फिल्मको स्क्रिप्ट पढेपछि उनी काम गर्न राजी भएकी थिइन्, तर जब पारिश्रमिकको कुरा आयो उनले ८ करोड डिमाण्ड गरिन् । फिल्मका निर्माताले भने ५ करोडभन्दा बढी दिन नसक्ने बताएपछि करीनाले काम गर्न मानिनन् । 
 
करीनाले फिल्म गर्न नमानेपछि अहिले निर्माता नयाँ हिरोइन खोज्दैछन् । मेकर्सको सर्च ल‍िस्टमा टपमा अहिले अभिनेत्री राध‍िका आप्टेको नाम छ । ‘ह‍िन्दी मिडियम’ को पहिलो पार्टमा इरफान खान र पाकिस्तानी एक्ट्रेस सबा कमर प्रमुख भूमिका थिए । यो फिल्मले बक्सअफिसमा सय करोडको आँकडा पार गरेको थियो । फिल्मको कथावस्तुलाई दर्शकले औधि रुचाएका थिए । 
Most Visited News (monthly)