Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

एजेन्सी, मुम्बई, 2019/02/27
 
करण जोहरको फिल्म 'कभी खुशी कभी गम' मा युवा करीना कपूरको भूमिका निभाएकी मालविका राज बलिउडमा डेब्यूका लागि तयार छिन् । यस्तै, नेपाली तथा बलिउड अभिनेता डेनी डेन्जोङगपाका छोरा रिनजिङले पनि बलिउड फिल्ममा डेब्यू गर्दैछन् । खबरअनुसार, एक्ट्रेस अनिता राजकी छोरी मालविका र रिनजिङले एउटै फिल्ममा काम गर्न लागेका हुन् । 
 
उनीहरु एक्सन थ्रिलर फिल्म 'स्क्वाड' मा एकसाथ देखिनेछन् । फिल्मको छायांकन यही वर्षको अप्रिलबाट सुरु हुनेछ । मालविकालाई आफ्नो पहिलो फिल्ममा काम गर्न यसकारण पनि सहज हुनेछ कि उनी र रिनजिङ बच्चादेखिका साथी हुन् । एक अन्तर्वार्तामा कुराकानी गर्दै मालविकाले भनेकी छन्, 'हामी एउटै स्कूलमा पढेका हौं र एउटै सोसल सर्कलमा ठूलो भएका हौं ।' 
 
उनी अगाडि भन्छिन्, 'हामी एकअर्काको बर्थडे पार्टी अटेन्ड गछौं र उससँग एउटै फिल्ममा काम गर्नु मेरो लागि एकदमै खुसीको कुरा हो ।' आफ्नो भूमिकाको विषयमा कुरा गर्दै उनले भनिन्, 'ऊ हतियारको बारेमा एकदम जानकार छे, जो स्टोरीलाइनका लागि एकदमै जरुरी छ । फिल्ममा निकै एक्सन र रिनजिङसँग धेरथोर रोमान्स पनि हुनेछ ।'
 
फिल्मको निर्देशन ज्योति कपूर दासले गर्नेछिन् । ज्योतिसँग काम गर्ने विषयमा उनले भनिन्, 'मलाई खुसी लागेको छ कि हामी रूढिवादी विचारधाराबाट अगाडि बढिरहेका छौं कि महिला पनि फिल्मको निर्देशन गर्न सक्छन् । अहिले कुनै पनि प्रकारको लिंगभेद छैन र मलाई खुसी लागेको छ कि मलाई महिलाले निर्देशन गर्दैछिन् ।'
Most Visited News (monthly)