Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीताको बयानः ‘हिरोइनको निश्चित आयू हुन्छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/27
हिरोइनहरुको फिल्ममा अत्यन्त कम आयू हुन्छ भनिन्छ । यो यथार्थलाई नजरअन्दाज गर्न सकिन्न । विभिन्न कालखण्डमा नेपाली फिल्ममा थुपै हिरोइनहरुको प्रवेश भयो, तर अधिकांशको आयू सीमित समयसम्म मात्र रह्यो । केही हिरोइन भने अपवाद छन् । रेखा थापा एक उदाहरण हुन् । करीब २ दशकदेखि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गर्न उनी सफल छिन् । 
 
हिरोइनहरुको आयू लामो नहुनुको पछाडि कैयन् कारणहरु छन् । नेपाली फिल्ममा प्रवेश गर्ने/चाहने प्रायः युवतीहरुको उद्येश्य जीवन्त अभिनय गर्ने कलाकार होइन आफ्नो सुन्दरताको काँधमा टेकेर हिरोइन बन्ने हुन्छ । यसले केही समय फिल्ममा आफ्नो राज त चल्छ तर लामो समय टिक्दैन । यसकारण फिल्ममा टिकिरहन हिरो वा हिरोइन होइन कलाकार हुन जरुरी छ । 
 
 
'ब्याक टू ब्याक' आफू अभिनीत फिल्म असफल भए पनि फिल्ममा भ्याइनभ्याइ अभिनेत्री नीता ढुंगाना पनि हिरोइनको आयू लामो नहुने विचार राख्छिन् । हालै फिल्म 'साइनो' को गीत सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनिन्, 'हिरोइन र कलाकार बन्नु फरक कुरा हो । मलाई कलाकार बन्नु छ । कलाकार भए सधैं बाँचिरहिन्छ, हिरोइन भए केही समय मात्र हो ।'
 
सोलो हिरोइनको रुपमा थुप्रै फिल्ममा काम गरेकी निरुताले केही फिल्ममा सहायक भूमिकामा पनि काम गरेकी छन् । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'साइनो' की पनि उनी सोलो हिरोइन होइनन् । अभिनेत्री मिरुना मगर पनि छिन् । अब सोलो हिरोइन बन्ने लोभ मरेको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले आफूलाई सोलो हिरोइन हुने कहिल्यै लोभ नै नभएको बताइन् । 
 
'मेरा अझै धेरै फिल्म छन् सोलोवाला । 'साइनो' चाहिँ मलाई क्यारेक्टर मन परेर गरेको हुँ । नीताले 'मसान' को उदाहरण दिँदै भनिन्, 'मैले 'मसान' मा सानो क्यारेक्टर गरेको थिएँ त्यसैले मलाई राष्ट्रिय अवार्ड दिलायो । त्यसैले अवसरलाई छाड्नुहुन्न भन्ने लाग्छ ।' उनी आफूलाई सोलो हिरोइन हुने लोभभन्दा पनि क्यारेक्टरमा लोभ लाग्ने बताउँछिन् । 
Most Visited News (monthly)