Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द म्यान फ्रम काठमाडौं’ मा कर्माको यस्तो रुप (गीत)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/27
चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा पहिलो पहिलो अंग्रेजी र नेपाली दुवै भाषामा निर्मित फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले राजधानीको कथाव्यथा भनेको छ । 
 
 
सार्वजनिक गीतमा फिल्मका लिड कलाकारहरुसँगै ब्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ । कार्लोस मेडिनाको छायांकन रहेको फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपाल र अमेरिकामा फिल्म खिचिएको हो । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले फिल्म निर्माण गरेका हुन् ।
 
फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, कर्माशाक्य, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । यो फिल्मलाई नेपाल प्रदर्शन लगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन पनि गर्ने निर्माण टिमको तयारी छ । 
 
नेपाली फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचले यो फिल्म बनाएकोे निर्माता उद्दिन बताउँछन् । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)