Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड थ्रिलर फिल्मको रिमेकमा परिणीति

फिल्मीखबर, काठमाण्डौ, 2019/02/26
 
फिल्म 'केसरी' मा अभिनेत्री परिणीति चोपडा फिमेल लिड रोलमा छिन् । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । यो २१ मार्चमा रिलिज हुँदैछ । अहिले परिणीतिसँग तीन प्रोजेक्ट हातमा छ, जुन अलग-अलग जनराको फिल्म हो । यसमध्ये एक हो 'द गर्ल अन द ट्रेन' को रिमेक । 
 
२०१६ मा रिलिज भएको थ्रिलर फिल्म 'द गर्न अन द ट्रेन' को हिन्दी रिमेक बन्दैछ, जसका लागि परिणीति चोपडालाई कास्ट गरिएको छ । यो फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । फिल्म रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा बन्नेछ । यसको निर्देशन रिभू दास गुप्ताले गर्नेछन् । यसअघि उनले 'तीन' को निर्देशन गरेका थिए । 
 
'द गर्ल अन द ट्रेन' फिल्म पला हकिन्सको नोवेल 'द गर्ल अन द ट्रेन' मा आधारित छ । यसमा एमिली ब्लन्टले मुख्य भूमिका निभाएकी थिइन् । यसको निर्देशन टेट टेलरले गरेका थिए । फिल्ममा रेबेका फर्ग्यूसन, जस्टिन थेरू र एडगर रेमिरेज पनि प्रमुख भूमिकामा थिए । 
 
फिल्मको कहानी एक डिभोर्सी महिलाको वरिपरि घुम्छ, जो अत्याधिक मद्यिरा सेवन गर्छिन् । यो फिल्ममा परिणीतिका अलावा कस-कसको अभिनय रहनेछ, त्यसको खुलासा भने भएको छैन । अहिले उनी 'केसरी' फिल्मको प्रमोसनमा व्यस्त छिन् । यसपछि उनी 'सन्दिप और पिंकी फरार' र 'जबरिया जोडी' मा देखिनेछिन् । 
Most Visited News (monthly)