Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘साइनो’ गीतमा राजसँग मिरुनाको ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/25
आउँदो १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै दशक अगाडिको सुपरहिट फिल्म ‘साइनो’ नाम सापटी लिएर निर्माण भएको फिल्म ‘साइनो’ को पहिलो लोकलयको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले ‘मायालुलाई जात्रैमा भेटियो’ गीत सार्वजनिक गर्‍यो । 
 
 
आकर्षक सेटअप तयार पारेर खिचिएको गीतमा फिल्मका लिड कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्की गीतका सर्जक हुन् । गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् । 
 
नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो फिल्मको निर्माण गरेकी हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू 'निरवी' ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । 
 
यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)