Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शुभ लभ’ ट्रेलरः कृष्टिनका लागि मर्न र मार्न तयार हरिहर

फिल्मीखबर, काठमाण्डौ, 2019/02/25
चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू फिल्म ‘शुभ लभ’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । सोमवार युट्युब रिलिज भएको ट्रेलरमा हरिहर र नव-अभिनेत्री कृष्टिन पौडेलको प्रेममा आउने आरोह-अवरोहलाई समेटिएको छ । हरिहरलाई एक्सन अवतारमा पनि देख्न सकिन्छ । 
 
 
चैत १५ लाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । 
 
हरिहर आफैंले लेखेको कथामा आधारित उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।
 
रियल लाइफझैं हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा फिल्म आधारित नभएको उनी बताउँछन् । यसमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । यस फिल्मको ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत अहिले चर्चामा छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)