Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कर अवार्डमा ‘ग्रीनबुक’ उत्कृष्ट फिल्म

एजेन्सी, अमेरिका, 2019/02/25
डल्बी थिएटरमा आयोजित ९१ औं अस्कर समारोह सोमवार समापन भएको छ । यो समारोहको क्रममा बेस्ट फिल्मको अवार्ड ‘ग्रीनबुक’ लाई दिइएको छ । यस्तै, बेस्ट लिड एक्ट्रेसको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड 'द फेभरि' मा सानदार अभिनयका लागि दिइएको हो । 
 
 
'बोहेमियन र्‍यापसोडी' का लागि रमी मालेकले बेस्ट लिड एक्टरको अवार्ड चुमेका छन् । यो वर्ष 'रोमा' लाई सबैभन्दा बढी १० अलग-अलग क्याटगरीमा नोमिनेट गरिएको थियो । यसले पहिलो अस्कार अवार्डको इतिहासमा 'अल अबाउट इभ', 'टाइट्यानिक' र 'ला ला ल्याण्ड' भन्दा बढी नोमिनेशन भएको फिल्म बनिसकेको छ । 
 
उत्कृष्ट निर्देशकको अवार्ड 'रोमा' बाट अल्फोन्सो क्यूरोले उचाले भने स्पाइक लीले एडप्टेड पटकथा विधामा 'ब्ल्याकान्सम्यान' बाट अवार्ड जिते । यस्तै, ओरजिनल स्क्रिनप्ले भने 'ग्रीनबुक' को पोल्टामा गयो । बेस्ट एनिमेटेड फिचर फिल्मको अवार्ड 'स्पाइडर म्यान : इनटू द स्पाइडर वर्स' ले उचाल्दा बेस्ट सपोर्टिङ एक्टरको विधामा फिल्म 'ग्रीनबुक' बाट मरशैला अलीले अवार्ड चुमे । 
 
बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड  'इफ बील स्ट्रीट कुड टक' बाट रेजिना किङले जितिन् । भने, बेस्ट फरेन ल्याङ्ग्वेज फिल्मको अवार्ड 'रोमा' ले उचाल्यो । बेस्ट सिनेम्याटोग्राफीको अवार्ड पनि 'रोमा' बाटै अल्फान्सो क्वारोनको हातमा पर्‍यो । लेडी गागाले भने 'अ स्टार इन' बाट ओरजिनल गीत विधामा अवार्ड जितिन् ।
 
 
विजेताहरुको नामावली यस्तो छ :-
 
1. Best Picture
 
Green Book
 
2. Best Director
 
Alfonso Cuarón, Roma
 
3. Best Actress in a Leading Role
 
Olivia Colman, The Favourite
 
4. Best Actor in a Leading Role
 
Rami Malek, Bohemian Rhapsody
 
5. Best Actress in a Supporting Role
 
Regina King, If Beale Street Could Talk
 
6. Best Actor in a Supporting Role
 
Mahershala Ali, Green Book
 
7. Best Original Song
 
“Shallow” from A Star Is Born
 
8. Best Original Screenplay
 
BlacKkKlansman
 
9. Best Original Score
 
Black Panther
 
10. Best Foreign Language Film
 
Roma
 
11. Best Animated Feature Film
 
Spider-Man: Into the Spider-Verse
 
12. Best Documentary Feature
 
Free Solo
 
13. Best Makeup and Hairstyling
 
Vice
 
14. Best Costume Design
 
Black Panther
 
15. Best Production Design
 
Black Panther
 
16. Best Cinematography
 
Roma
 
17. Best Sound Editing
 
Bohemian Rhapsody
 
18. Best Sound Mixing
 
Bohemian Rhapsody
 
19. Best Film Editing
 
Bohemian Rhapsody
 
20. Best Animated Short Film
 
Bao
 
21. Best Documentary Short Subject
 
Period. End of Sentence.
 
22. Best Visual Effects
 
First Man
 
23. Best Live Action Short Film
 
Skin
Most Visited News (monthly)