Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आयंका’ जोडी स्वच्छ वातावरण अभियन्ता

फिल्मीखबर, काठमाण्डौ, 2019/02/25
 
‘आयंका फाउण्डेशन’ मार्फत् रियल प्रेम जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले परोपकारी काममा हात अगाडि बढाएका छन् । अर्को वर्षको असारमा बैबाहिक जीवनमा बाँधिने तयारीमा समेत रहेका उनीहरु स्वच्छ वातावरण महाअभियानको अभियन्तामा नियुक्त भएका छन् । 
 
वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो । अभियन्ताको रुपमा नियुक्त भएका प्रियंका र आयुष्मानले अब देशभर स्वच्छ वातावरण बनाउनका लागि जनचेतनाको कार्यक्रमहरु गर्नेछन् । 
 
अभियन्तामा मन्त्रालयले उनीहरुलाई एक वर्षका लागि नियुक्त गरेको हो । प्रियंका र आयुष्मानले मन्त्रालयले आफूहरुलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यो जोडी अभिनीत नयाँ फिल्म 'प्रेम दिवस' अर्को वर्षको जेठ ३ मा रिलिजका लागि तयारी छ । 
Most Visited News (monthly)