Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीदेवीको साडी लिलाम गर्दै बोनी कपूर

फिल्मीखबर, मुम्बई, 2019/02/24
स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको पहिलो डेथ एनिभर्सरीमा उनका पति बोनी कपूरले उनको साडीहरु लिलाम गर्ने भएका छन् । तर, यो लिलामी एक असल काममा लागि गर्न लागिएको हो । खासमा यो लिलामीबाट प्राप्त हुने रकमलाई बोनीले च्यारिटीमा दान गर्नेछन् । 
 
गएको वर्ष २४ फेब्रअरीमा श्रीदेवीले यो संसार छाडेर गएकी थिइन् । खबरअनुसार, लिलाम गर्न लागिएको उनको कोटा साडी हो । यो साडीलाई पारिसेरा नामक वेबसाइटमा लिलाम गरिँदैछ । लिलामीको सुरुवात बोली ४० हजार लगाइएको थियो । अहिलेसम्म सबैभन्दा बढी बोली १ करोड २५ लाख भारतीय रुपैयाँ छ । 
 
 
वेबसाइटका अनुसार, श्रीदेवीको यो साउथ इन्डिन साडी हो । साडीको बारेमा जानकारी दिँदै वेबसाइटले लेखेको छ- 'श्रीदेवीको सिक्स यार्ड साडी उनको साउथ इन्डियन रूटको याद दिलाउँछ । साउथ इन्डियामा जन्मिएकी श्रीदेवीको यो साडी उनको पहिचान बनेको थियो ।' 
 
वेबसाइटले अगाडि लेखेको छ- 'यो लिलामीबाट प्राप्त हुने पैसा कन्सर्न इन्डिया फाउण्डेशन प्रोग्राममा जानेछ, जो महिला, बच्चा, अपाङ र वृद्धवृद्धाको लागि काम गर्दछ ।' श्रीदेवी बलिउडकी पहिलो अभिनेत्री हुन्, जसको साडीको स्टाइल स्टेटमेन्ट बनेको थियो ।
 
फिल्म 'मिस्टर इन्डिया; को गीत 'कांटे नहीं कटते में' मा लगाएको श्रीदेवीको ब्लू सिफन साडी निकै पपुलर भएको थियो । रेडिफ वेबसाइटले यसलाई इन्डियन सिनेमाको टप २५ साडी मूमेन्टको लिस्टमा ठाँउ दिएको थियो । फिल्म 'चाँदनी' मा श्रीदेवीले लगाएको एल्लो साडी पनि निकै चर्चित भएको थियो ।  
Most Visited News (monthly)