Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१९ वर्षपछि सलमान र भन्सालीबीच टिमअप

फिल्मीखबर, काठमाडौं, 2019/02/23
 
बलिउड सुपरस्टार सलमान खान जति सहजसँग एक्सन फिल्म गर्छन् त्यति नै सहज उनी रोमान्टिक फिल्ममा पनि हुन्छन् । साल १९९९ मा आएको सञ्जयलीला भन्सालीको फिल्म 'हम दिल दे चुके सनम' लाई कसले विर्सन सक्छ होला र ! फिल्ममा सलमान खान र एश्वर्या राय बच्चन एकसाथ देखिएका थिए, फिल्म सुपरहिट भएको थियो । 
 
अब १९ वर्षपछि फेरि एकपटक सलमान र भन्सालीले एकसाथ काम गर्ने भएका छन् । ट्रेड एनलिस्ट तरण आदर्शले यो कुराको खुलासा गरेका हुन् । दुईको एक लभस्टोरी फिल्ममा टिमअप भएको हो । चाँडै फिल्मको छायांकन सुरु हुने बताइएको छ । सलमान र भन्साली टिमअपका लागि केही समययता लगातार छलफलमा थिए ।
 
दुबै एकअर्कासँग काम गर्न निकै उत्साहित रहेको भारतीय मिडियाहरुले बताएका छन् । सञ्जय अहिले एक साथ तीन स्क्रिप्टमा काम गरिरहेका छन् । पहिला त उनले अरु नै एक्टर्ससँग काम गर्ने सोच बनाएका थिए, तर अब सलमान खानसँग साथ काम गर्ने फैसला लिएका छन् । १९ वर्षपछि दुईबीच टिमअप हुनुले दर्शक भने सरप्राइज भएका छन् । 
 
अचेल सलमान आफ्नो नयाँ फिल्म 'भारत' को छायांकनमा व्यस्त छन् । यसमा उनले एक चुनौतीपूर्ण भूमिका गरेका छन् । उनका अलावा फिल्ममा कटरीना कैफ, दिशा पाटनी, तबू, सुनील ग्रोवर र ज्याकी श्राफ पनि छन् । ईदमा फिल्म रिलिज हुँदैछ । यसका निर्देशक अली अब्बास जफर हुन् । यसपछि सलमानले 'दबंग ३' गर्नेछन् । 
Most Visited News (monthly)