Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पलको जन्मदिनमा ‘वीरविक्रम २’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/02/22
पछिल्लो छिमलका सर्वाधिक रुचाइएका अभिनेता पल शाह स्टारर फिल्म ‘वीरविक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतले बजारमा फिल्मको राम्रो हाइप बनाएको अवस्थामा निर्माण टिमले शुक्रवार औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको हो । 
 
 
फ्लोरमा नजाँदैदेखि चर्चामा रहेको ‘वीरविक्रम २’ अर्को वर्षको जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्सले अभिनेता पलको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो डेटमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म 'प्रेम दिवस' पनि आउँदैछ । 
 
यो फिल्मबाट अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि पलले उनको ठाउँ लिएका थिए । फिल्ममा वर्षा सिवाकोटी र नाजिर हुसेन पनि लिड रोलमा छन् । फिल्मलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।
 
यसमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)