‘स्टाइलिस’ अभिनेता मनिष श्रेष्ठ स्टारर फिल्म ‘जानी नजानी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । पूर्ण व्यावसायिक बनाइएको ट्रेलर कलरफुल बनेको छ । ट्रेलरमा मेकिङ क्वालिटी पनि उच्च देखिएको छ । मनिष र निरिशा बस्नेतको प्रेममा आउने उचारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

दर्जनौं फिल्ममा सह-निर्देशकको रुपमा काम गरेका बसन्त अधिकारीले यस फिल्मको निर्देशन गरेका हुन् । यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउने उनले आफूले सामिप्यराज तिमल्सिनाले तयार पारेको कथालाई दृश्यभाषामार्फत् न्याय गर्ने इमान्दार प्रयास गरेको बताए । उनी ‘जानी नजानी’ प्रेमले भरिएको एक रमाइलो फिल्म बताउँछन् ।
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका लिड कलाकारहरु मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटालगायत उपस्थित थिए । अर्जुन पोखरेलले तयार पारेको 'एउटीलाई मुटुमा घर' बोलको गीतका कारण चर्चामा रहेको यो फिल्म चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।
फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्ममा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

