Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलबुल’ मा स्वस्तिमाको कामले केकी छक्क

फिल्मीखबर, काठमाण्डौ, 2019/02/22
शुक्रवारबाट 'बोल्ड' अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘बुलबुल’ ले दोस्रो सातामा प्रदर्शन आरम्भ गरेको छ । पहिलो हप्ता अपेक्षाकृत व्यापार गर्न चुकेको फिल्मले दोस्रो साता हलसम्म दर्शकको भीड कति ओराल्न सफल होला ? त्यो भने हेर्न बाँकी छ । तर, निर्माताले भने घरेलु बजारबाट फिल्मले लगानी सुरक्षित गर्ने लगभग आश मारिसकेका छन् । 
 
 
समीक्षकबाट उच्च रेटिङ पाएको र चलचित्रकर्मीले मुक्तकण्ठले प्रशंसा गरेको यस फिल्मलाई दर्शकले भने खासै रुचाएका छैनन् । अधिकांशले क्लाइमेक्समा असन्तुष्टि व्यक्त गरेका छन् । निर्देशक विनोद पौडेलले फिल्मको 'ओपन इन्डिङ' गरिदिएका छन्, जुन दर्शकलाई चित्त बुझेको छैन । समीक्षकले भने यसलाई वैकल्पिक धारको फिल्म भनेका छन् । 
 
अहिले फिल्म हेरेर चलचित्रकर्मीहरुले पनि आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् । बिहीवार साँझ अभिनेत्री केकी अधिकारीले पनि फिल्म हेरेपछि आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै कलाकार र निर्देशकको तारिफ गरिन् । उनले फिल्मबाट एउटा अलग ढंगले समाजको कथाब्यथा प्रस्तुत गरेकोमा टिमलाई धन्यवाद पनि दिइन् । 
 
उनले उक्त फिल्म आफूले गर्न पाएको भए पनि हुने भन्ने लोभ पलाएको पनि बताइन् । उनी अगाडि लेख्छिन्, 'पात्रहरु साँच्चै यति मनछुने थिए कि आफूले गर्न पाएको भए हुने खालको लोभ पलाइदिन सफल हुनुभएकोमा कलाकारहरु अनि निर्देशक तथा निर्मातालाई हार्दिक बधाई ।' उनले अभिनेत्री स्वस्तिमाले त छक्कै पारिदिएको पनि बताएकी छन् । 
 

केकी निकै कम फिल्मको यसरी खुलेर प्रशंसा गर्ने गर्छिन् । उनलाई कुनै फिल्म गर्न लोभ पलाएको त झन् यो पहिलो पटक हो । हुनपनि, ‘बुलबुल’ मा स्वस्तिमाको अभिनय र भूमिका हेरेपछि छक्क नपर्ने र लोभ नपलाउने कलाकार त सायदै होलान् । आशा गरौं, भविष्यमा केकीले पनि दर्शकलाई छक्कै पारिदिने र अरु कलाकारलाई लोभ पलाउने फिल्म गर्नेछिन् । 
Most Visited News (monthly)