Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो अक्षयको धमाकेदार ‘केसरी’ ट्रेलर

एजेन्सी, मुम्बई, 2019/02/21
 
बलिउड सुपरस्टार अक्षय कुमार अभिनीत फिल्म ‘केसरी’ को धमाकेदार ट्रेलर इन्टरनेट रिलिज भएको छ । फिल्ममा परिणिती चोपडा, अक्षयको अपोजिट रोलमा छिन् । यो एक पिरियड ड्रामा फिल्म हो । फिल्मलाई अनुराग सिंहले निर्देशन गरेका हुन् । 
 
ट्रेलरमा अक्षय जबरदस्त एक्सन अवतारमा देखिएका छन् । इन्टरनेट रिलिज भएसँगै सोसल मिडियामा ट्रेलरलाई निकै राम्रो प्रतिक्रिया मिलेको छ । दर्शकलाई फिल्मको संवाद निकै मन परेको छ । ३ मिनेट लामो ट्रेलरको ब्याकग्राउण्ड म्यूज‍िक कमालको छ । 
 
फिल्म २१ मार्चमा रिलिज हुँदैछ । यसको कहानी गिरीश कोहली र अनुराग सिंहले मिलेर लेखेका हुन् । करण जोहरसहित धेरै निर्माताको फिल्ममा लगानी छ । फिल्मको कहानी १९८७ मा सारागढीको लडाइँमा आधारित छ । ‘केसरी’ ले बक्सअफिसमा राम्रो कमाई गर्ने फिल्मपण्डितहरुको आँकलन छ । 
 
ट्रेलर हेर्नुहोस् :- 

Most Visited News (monthly)