Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कप्स’ गीतमा छल्किएको अनुप र सन्दिपाको प्रेम (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/02/21
चैत ८ गतेबाट पोस्टपोन्ड भएर बैशाख २७ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कप्स’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । टर्कीका विभिन्न रमणीय स्थानहरुमा खिचिएको ‘तिमी र म’ बोलको गीतमा अभिनेता अनुपविक्रम शाही र नव-अभिनेत्री सन्दिपा लिम्बु रोमान्टिक अवतारमा प्रस्तुत छन् । 
 
 
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राख्दै सार्वजनिक गरिएको गीतमा विजय घिमिरे र नीतु गुरुङको स्वर छ । गीतमा गायक घिमिरेको शब्द तथा संगीत छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा अनुप र सन्दिपाको केमेस्ट्री सुहाएको छ । 
 
यो फिल्ममा अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । 
 
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ । 
 
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटाले बताए । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)