Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रदीप र जसिताले गरे मेघालाई आर्थिक सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2019/02/21
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ ले समाजसेवामा पनि हात अगाडि बढाएको छ । करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई उनकै डेर भक्तपुरमा पुगेर यस फिल्मका कलाकार र निर्माताले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । 
 
 
फिल्मको तर्फबाट उनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको हो । अभिनेता प्रदीप र अभिनेत्री जसितासहित फिल्मका निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीले मेघालाई उनकै घरमा गएर भेटेका हुन् । दुबै हात गुमाएकी उनलाई आर्टीफिसियल हात राख्नका लागि आर्थिक सहयोगको आवश्यकता परेको पीडा सुनेपछि फिल्मले सहयोग गरेको हो । 
 
 
सो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्ने विश्वास प्रदीपले व्यक्त गरे । आफूले सोचेको भन्दा मेघा निकै फरक र शाहसिक पाएको पनि उनले बताए । अभिनेत्री जसिताले पनि मेघाको हात राख्ने चाहना चाँडै पूरा होस् भन्ने कामना गरिन् । आफ्ना प्रिय नायक-नायिकालाई घरमै भेट्न पाउँदा मेघा भने निकै खुसी देखिन्थिन् । 
 
 
'घाम जून चाहिँदैन' गीतका कारण चर्चामा रहेको फिल्म ‘लभ स्टेशन’ लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)